खोटाङमा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न सम्झौता

खोटाङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ । नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनको व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरे ।
नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम आगामी माघ १ गतेबाट लागू भएर विसं २०८३ पुस मसान्तसम्म तीन वर्ष सञ्चालन हुने सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने छ ।
यसैबीच कार्यक्रमका अवसरमा नगरपालिकाको ५० प्रतिशत र फाउण्डेसनको ५० प्रतिशत लगानीबाट खरिद गरिएको वाद्यवादनका सामग्री स्थानीय साइनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । पछि दुई थान गितार उपलव्ध गराउनेगरी तीन थान गितार, एउटा हार्मोनियम, दुईवटा मादल, एउटा तबला, एक दर्जन बाँसुरी, सारङ्गी र किबोर्ड एक–एकवटा हस्तान्तरण गरिएको हो । फाउण्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा यही कार्यक्रमको सम्झौता गरिसकेका छन् । जिल्लाका तीनवटै स्थानीय तहमा उक्त कार्यक्रम तीन–तीन वर्ष सञ्चालन हुने जनाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढीमा एक हजार एक सय ८३ अपाङ्गता भएका व्यक्ति छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार नौ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।















Former PM Dr Bhattarai files candidacy for HoR polls
UML Chair and former PM Oli files nomination for HoR polls from Jhapa-5
मोरङ-६ बाट शेखर कोइरालाले गराए मनोनयन दर्ता
राप्रपा अध्यक्ष लिङ्देनले झापा–३ मा गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया