विवाह गर्दै विजय देवरकोन्डा र रश्मिका मन्दाना !

काठमाडौं । डियर कमरेड फेम्ड अभिनेता अभिनेत्री विजय देवरकोन्डा र रश्मिका मन्दनाले विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले फेब्रुअरीको दोस्रो सातामा इन्गेजमेन्ट गर्न लागेका छन् ।
निकट स्रोतका अनुसार विजय र रश्मिका यही वर्ष बिहे गर्ने तयारीमा छन्। तर उनीहरुले अहिलेसम्म आफ्नो सम्बन्धबारे बोलेका छैनन्।
रश्मिका र विजय दुई सुपरहिट फिल्ममा सँगै काम गरिसकेका छन्। ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ फिल्ममा उनीहरूको जोडी खुब रूचाइएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू धेरैपटक सँगै देखिने गरेका छन् । दीपावलीको अवसरमा विजयले आफ्नो घरमा पार्टी आयोजना गरेका थिए, जसमा रश्मिका पनि सहभागी भएकी थिइन् । त्यसयता नै उनीहरु सम्बन्धमा रहेको धेरैले अड्कलबाजी गरेका थिए । यस बाहेक दुवैलाई धेरै पटक सँगै छुट्टी मनाउने गरेको पनि देखाइएको छ ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया