२० अंकले बढ्याे सेयर बजार, काराेबार रकम ६ अर्ब

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ ।
तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह पाँच दशमलव २१ र होटल तथा पर्यटन समूह तीन दशमलव ६४ प्रतिशतले बढेका छन् ।
आठ कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । विकास बैङ्कको शेयर कारोबार बढेको देखिएको छ । कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेड, सिन्धु विकास बैङ्क लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव १९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु २१ करोड ४९ लाख ४५ हजार आठ सय ९३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैङ्क लिमिटेडको आठ लाख ५१ हजार ५० कित्ता शेयर किनबेच भएको छ ।
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया