प्रधानमन्त्री कप : रोहित पौडेलको कप्तानीमा एपिएफको टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि एपीएफ क्लबले राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको छ ।
पिएफले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
रोहितले यही प्रतियोगितामार्फत एपिएफको कप्तानी गर्नेछन् । उनी शुक्रबार मात्र नेपाल आर्मी क्लब छाड्दै एपिएफको कप्तानमा नियुक्त भएका थिए ।
रोहित नेतृत्वको एपीएफमा मो.आसिफ शेख, प्रदीप ऐरी, सुकित महर्जन, भुवन कार्की, अमरसिंह रौटेला, लोकेश बम, प्रज्वल शाही, पुरण बिके, अविनाश बोहोरा, इर्शाद अहमद, रमेश कुर्मी, मौसम ढकाल, सन्दीप जोरा रहेका छन् ।
यस्तै, रिजर्भमा यज्ञमान कुमाल, आयुसमान बम, निर्मल थापा र आयुस बानिया रहेका छन् ।
एपीएफको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने राजेश श्रेष्ठ म्यानेजर रहेका छन् ।
आजदेखि सुरु हुने प्रतियोगितामा यसपटक सात प्रदेश र तीन विभागीय टोली गरी ९ टोली सहभागी हुनेछन् ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया