लेखक यात्रीकृत ‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

काठमाडौँ । कवि, उपन्यासकार तथा निबन्धकार धर्तीचन्द्र यात्रीकृत ‘जङ्गलमा ३३ वर्ष’ पुस्तकको परिचर्चा गरिएको छ ।
डा ठाकुरनाथ पन्त स्मृति गुठीद्वारा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा वन तथा पर्यावरणका क्षेत्रका वरिष्ठ संरक्षकहरुले कृतिको समीक्षा गरे ।
वरिष्ठ साहित्यकार शैलेन्द्र साकारले वन तथा निकुञ्ज क्षेत्रमा रही राष्ट्रसेवा गरिरहेका यात्रीले नेपालको वन, वन्यजन्तु र निकुञ्जसहितको तथ्य, तथ्याङ्क र सूचनासहितको कृति प्रकाशित गरी योगदान पु¥याउएको बताए ।
वरिष्ठ लेखक युयुत्सु आरडी शर्माले नेपालको वन्यजङ्गल, वन्यजन्तु र वनस्पतिको संरक्षण क्षेत्रमा लामो अनुभव हासिल गरेका यात्रीको पुस्तक वन्यजन्तुबारे जानकारी प्राप्त गर्ने महत्वपूर्ण दस्तावेज भएको प्रतिक्रिया दिए । वरिष्ठ साहित्यकार श्यामप्रसाद रिमालले अघिल्लो वर्ष फागुनमा प्रकाशन र विमोचन भएको कृतिबारे नौ महिनासम्म चर्चा परिचर्चा हुन सुखद पक्ष भएको बताए ।
साहित्यकार सविना सिन्धुले यातायात र सूचनाको अभाव रहेका बेलामा बोटविरुवा र वन्यजन्तुको संरक्षणका सन्दर्भमा गर्नुपरेको सङ्घर्ष र भोगाइसहितका पर्यावरण संरक्षणसम्बन्धी तथ्यगत सूचना प्रकाशित गरी यात्रीले राज्यलाई ठूलो सहयोग गरेको बताए ।
पर्यावरणविद् रोशन शेरचनले पुस्तक पढिरहँदा आफू वन र वन्यजन्तुसँगै रहेको भान हुने मात्र नभई त्यस क्षेत्रमा रहँदा भोग्न परेको दुःख कष्ट, उकाली(ओरालीका कथा व्यथा समेटिएको विचार प्रकट गरे ।
काठमाडौँ फरेष्ट्री कलेजका उपप्राचार्य डा हिमलाल श्रेष्ठले वन र पर्यावरणबारे धेरै सूचनाको खानी रहेको पुस्तकमा यस क्षेत्रको अध्ययन गर्न चाहनेलाई ठूलो खुराक भएको बताए । पुस्तकमा बाँदर र पानीको अनुसन्धान, जहाज दुर्घटना र भूकम्पको त्रासदीमा रहन पर्दाका क्षण, स्थान, विषय र प्रसङ्ग उल्लेख रहेको उनले बताए ।
साहित्यकार प्रकाश सिल्वालले जागिरे जीवनको उतारचढावसँगै जङ्गल, पर्यावरण र निकुञ्जको रक्षामा केन्द्रित पुस्तकमा एउटा सूचना संवाहक पत्रकारको कार्य जिम्मेवारी जस्तै पर्यावरण संरक्षणका क्षेत्रमा गरिएका कार्यसम्बन्धी मिति, तथ्य तथ्याङ्क सूचना समेटिएको धारणा राखे ।
गुठीका संरक्षक सुष्मा पाण्डे र साहित्यकार उत्तम विचार भेटवालले गुठीले समाज सेवा र साहित्य क्षेत्रमा प्रकाशित पुस्तकको श्रीवृद्धिका लागि सहयोग पुर्याउँदै आएको बताए ।
पुस्तकका लेखक यात्रीले राष्ट्र सेवाका सन्दर्भमा लामटाङ, डोल्पा र बर्दिया क्षेत्रमा रहँदा वन क्षेत्रको विकास र विस्तारका लागि गरिएका प्रयास, भोग्नुपरेका समस्या र त्यससम्बन्धी तथ्य तथ्याङ्क समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिए । उक्त पुस्तक छिट्टै अङ्ग्रेजीमा प्रकाशित हुनेछ ।
















महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
Gold, silver prices decline
उम्मेदवारसँग मतदाताले भने : वन्यजन्तु र मानव द्वन्द्व व्यवस्थापन गर्नुस्
बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया