ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।
साथै, साधारणसभाले ज्योति विकास बैंकको सर्वसाधारण शेयरधनी समुह तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ। सभाले बैंकको आ.व. २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।
साधारण सभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गरेका थिए । यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समिक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए । साथै बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा विभिन्न सेयरधनीले आ-आफ्नो जिज्ञासा र सुझाव दिएका थिए । सेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।
















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया