आजबाट ‘एनआईबिएल स्टेवल फण्ड’को इकाई बिक्रीमा, वार्षिक १६ प्रतिशतभन्दा धेरै प्रतिफल

एनआइएमबि एस क्यापिटलले आज माघ २ गते मंगलबारदेखि “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं सामुहिक लगानी कोष योजना “एनआईबिएल स्टेवल फण्ड” को इकाई बिक्री खुला गरेको छ । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ । यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ ।
यस योजना संचालन गर्ने नेपाल धितोपत्र बोर्डले २०८० मंसिर २१ गते अनुमति दिएको थियो । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ ।
योजनाको सार्वजनिक निष्काशन माघ २ गतेदेखि छिटोमा माघ ५ सम्म र ढिलोमा माघ १६ गतेसम्म रहने छ। इच्छुक लगानीकर्ताहरुले ( व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सक्ने छन्। लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्ने छन्।
“एनआईबिएल स्टेवल फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधि सम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।
“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेकोमा “एनआईबिएल समृद्धि फण्ड – १” आफ्नो ७ वर्ष समयावधि पूरा भई परिपक्क भईसकेको छ। हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड एनआईबिएल समृद्धि फण्ड – २ तथा एनआईबिएल ग्रोथ फण्ड समेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया