भूकम्प जोखिम न्यूनीकरण एवं पूर्वतयारीमा जोड दिन आयोगकाे आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पलगायतका विपद्बाट मानवीय एवं भौतिक क्षतिको न्यूनीकरणका लागि पूर्वतयारी, राहत, उद्धार तथा पुनःनिर्माणमा ध्यान दिन आग्रह गरेको छ ।
आयोगले सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य गरी व्यक्तिको जीवनको अधिकारका साथै आवासको अधिकारको संरक्षण गर्न आयोग तीन वटै तहका सरकारसँग आग्रह गरेको हो ।
‘नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड पालना गरी घरको नक्सा डिजाइन र निर्माण गरौँ’ स्थानीय स्रोत र प्रविधिसमेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने आह्वानका साथ विभिन्न सचेतनामूलक कार्यक्रम गरी नेपालमा आज २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । आयोगले सो दिवसका अवसरमा सबै प्रकारका विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि एकजुट हुन सबैलाई अनुरोध गरेको हो ।
नेपाल भूकम्पीय दृष्टिकोणले अतिसंवेदशील र जोखिमयुक्त देशको रुपमा रहेको छ, यस अवस्थालाई मध्यनजर गरी सरकारबाट विभिन्न आवधिक योजना, वार्षिक कार्यक्रम, सचेतनामूलक कार्यक्रम सञ्चालन, जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्ययोजना एवं कार्यक्रम हुँदै आइरहेका छन् ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भूकम्प पूर्वजोखिम न्यूनीकरण कार्यमा सरकारको पर्याप्त ध्यान पुग्न नसक्नु र भूकम्पपश्चात् राहत, उद्धार तथा पुनःनिर्माण कार्यमा विभिन्न निकायबीच प्रभावकारी समन्वय हुन नसक्दा सर्वसाधारणले अकालमा ज्यान गुमाउनुपरेको साथै भौतिक सम्पत्तिको क्षति बेहोर्नुपरेको आयोगले यसअघि गरेको अनुगमनबाट देखिएको छ ।”
आयोगले २०७२ सालको विनासकारी भूकम्प र हालै जाजरकोटमा गएको भूकम्पको क्रममा भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गरी नेपाल सरकार तथा सरोकारवालालाई सिफारिस गरेको छ । हालैको जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, सल्यान, दैलेख र जुम्लालगायतका जिल्लामा मानवीय तथा भौतिक संरचनाको क्षति भएको छ ।
उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाको मृत्यु भएको थियो भने पूर्ण र आंशिक गरी ६५ हजार बढी घरमा क्षति पुगेको थियो ।

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया