बुधबार, मंसिर १७, २०८२

हेर्नूहाेस् यस्तो छ आज तपाईंको राशिफल

मेरोन्यूज २०८० माघ ३ गते ७:३०

आज २०८० साल माघ ३ गते । बुधवार । पुष शुक्ल सप्तमी । पञ्चाङ्ग: शिव गर रेवती। जनवरी १७ तारिख २०२४

यस्तो छ आज तपाईंको राशिफल :-

मेष विषयवस्तु पहिचान गरेर मात्र काममा अगाडि बढ्नुहोला । पारिवारिक सहयोग प्राप्त होला । वैदेशिक यात्रा शुभ रहला ।

वृष : आफ्नै अगुवाइमा सामाजिक कार्य गरिनेछ । व्यक्तिगत निर्णय शुभ साबित होला । मन प्रसन्न होला ।

मिथुन : सोचेभन्दा बढी खर्च बढ्नेछ । साथीभाइ बिच सामान्य विवाद रहला । छोटो दुरीको यात्राको योग बन्ने छ ।

कर्कट :  मान्यजनका साथ समय बित्नेछ । आकस्मिक धन लाभको योगबन्नेछ । मनोरञ्जनमा समय व्यतित होला ।

सिंह : सामान्य विषयले मन चिन्तित बन्नेछ । साझेदारीको काम मध्यम रहला । आफूभन्दा ठूला व्यक्तिको सल्लाह लिनुहोला ।

कन्या : नयाँ जिम्मेवारी बहन गर्नुपर्नेछ । शारीरिक अवस्था राम्रै रहला । नोकरीका अवसरहरू हात पर्नेछन् ।

तुला : आफ्नो लगनशीलताले प्रशंसा मिल्नेछ । अध्ययनका लागि समय निकाल्नु पर्नेछ । व्यवसाय परिवर्तन गर्ने सोच आउनेछ ।

वृश्चिक : परिस्थिति अनुरूप परिवर्तन हुनुपर्नेछ । अतिथ्यता ग्रहणको अवसर मिल्नेछ । खानपानमा मुख बार्नुपर्ला ।

धनु : आर्थिक कारोवारमा संयम बन्नुपर्नेछ । वैदेशिक रोजगारीको अवसर प्राप्त होला । अनावश्यक भनाइ सहनु पर्ला ।

मकर : पारिवारिक अवस्था कमजोर देखिनेछ । सवारी साधनमा सावधानी अपनाउनु पर्ला । धामिक क्षेत्रको भ्रमण हुनेछ ।

कुम्भ : लगानीका नयाँ माध्यम खुल्नेछन् । लामो समयको प्रतीक्षापछि सफलता मिल्नेछ । सन्तान प्राप्तिको योग छ ।

मीन : शैक्षिक अवस्था राम्रै रहला । पारिवारिक जमघट बढ्नेछ । काल्पनिक विषयले केही चिन्ता बढ्नेछ ।

प्रतिक्रिया