नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने
मेरोन्यूज
२०८० माघ ४ गते १८:२५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने भएको छ।
नेप्सेले आज एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली फेरि ३ दिन बन्द रहने जनाएको छ। आज माघ ४ गते साँझ ५ बजेदेखि माघ ६ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ।
दोस्रो चरणको विद्युत मर्मत तथा सम्भारसम्बन्धी कार्यका लागि नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागिएको सूचनामा जानकारी गराइएको छ।
विद्युत मर्मतसम्भार कार्यका लागि यसअघि पनि गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गरिएको थियो।
सम्बन्धित
















बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया