पाँच किलोमिटर सडकको काम तीन वर्षमा आधा मात्र

लुम्बिनी । काम सुरु भएको तीन वर्ष बितेको छ । प्रदेश सरकारको योजनाअन्तर्गत बेल्बास–बेथरी–मर्चवारखण्डमा पाँच किलोमिटर सडक निर्माण सम्पन्न हुन सकेको छैन ।
‘कनेक्टिभिटी’ सुधार गर्न र मर्चवारको विकासलाई प्रोत्साहन गर्ने महत्वाकांक्षी परियोजना निर्माणमा एक सय १७ रुखले बाधा पुर्याएका छन् । ०७७ कात्तिक १६ गते लुम्बिनी–अर्घाखाँची बाबुल जेभी रुपन्देहीको नाममा टेन्डर स्वीकृत भएको हो । तर, प्रतिज्ञा गरिएको पाँच किलोमिटर सडक अधुरै छ । निर्माण कम्पनीले सडकका रुख हटाउनुअघि नेपाल सरकारबाट कानुनी निर्देशन पर्खन बाध्य भएकाले निर्माण सम्पन्न हुन नसकेको बताइएको छ ।
निर्माणाधीन सडकको अवस्थाले भैरहवासम्मको यात्रामा सामान्यतया २० मिनेटबाट एक घन्टा बढी समय लम्ब्याएको छ । यसले स्थानीयको दैनिक जीवनमा बाधा पुर्याउने मात्र नभई समग्र क्षेत्रको विकासमा अवरोध गरेको छ । निर्माणले समग्र क्षेत्रको विकासमा असर गर्दै असुविधा फैलाएको स्थानीय राकेश चौधरीको भनाइ छ । उनले भने, ‘निर्माणाधीन धुलाम्मे सडकबीचमा रहेका रुखले जोखिम बढाएको छ ।’
सम्मरीमाई गाउँपालिका– ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले सडकभर छरिएर रहेका रुख नहटाईकन भइरहेको कमसल निर्माणका कारण उत्पन्न समस्याबारे चिन्ता व्यक्त गर्दै जोखिम बढेको टिप्पणी गरे। मर्चवार नहरको दुवैतर्फ सडक विस्तार गरी बेथरीमा जोड्ने सरकारी योजना छ । जिल्ला सदरमुकाम भैरहवा कनेक्टिभिटीका लागि यसअघिको साँघुरो सडकले मर्चवारलाई भैरहवा–लुम्बिनी सडकसँग बनगाईमा जोडेको छ ।
निर्माणाधीन सडकको जग्गा नेपाल सरकारको स्वामित्वमा छ । रुख मर्चवार सामुदायिक वनका हुन् भने प्रदेश सरकारको योजनाले जटिलता थपेको मर्चवार सामुदायिक वनका सचिव जगन्नाथप्रसाद कुर्मीको भनाइ छ । सडक पूर्वाधार विकास कार्यालय बुटवलका इन्जिनियर हितेन्द्र माझीले ५० प्रतिशत मात्र काम सम्पन्न भएको जनाउँदै सडकमा रहेका रुखको कटानी आदेश सम्बन्धित निकायबाट पाउन नसक्दा अवरोध पुगेको बताउँछन्।
जिल्ला वन डिभिजन कार्यालयमा संयुक्त बैठक बस्दा मर्चवार सामुदायिक वनले आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरी वार्षिक रूपले रुख कटान गर्न सकिने निष्कर्ष आएको इन्जिनियर माझीको भनाइ छ । इन्जिनियर माझीका अनुसार डिभिजन वन कार्यालयमा भएको बैठकको निष्कर्षअनुसार एक वर्षमा अधिकतम २५ वटा मात्र रुख कटान गर्न सकिन्छ । सबै रुख हटाउन पाँच वर्ष लाग्न सक्छ । सिँचाइको नाममा रहेको नहरको जग्गा प्रदेश सरकारलाई हस्तान्तरण नहुञ्जेल रुख कटान सहज नहुने माझीको भनाइ छ ।
इन्जिनियर माझीका अनुसार लुम्बिनी प्रदेशको गौरवको योजनामा सूचीकृत गराउन मर्चवारका पालिका र योजना आयोगबीच छालफल गरी प्रक्रिया अघि बढाइएको र सूचीकृत भएपछि मात्र केही निकास निस्किनेछ । मर्चवारको निर्माणाधीन फोरलेन सडकलाई लुम्बिनी प्रदेशको गौरवको योजनामा सूचीकृत गर्न र अवरोध हटाउन सबै सरोकारवालाबीच परामर्श भइरहेको लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वसिउद्दिन खाँको भनाइ छ।
प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री खाँले विकासका दृष्टिले विकट मानिने मर्चवार क्षेत्रको सार्थक विकासका लागि सडक निर्माणमा अवरोध गर्ने रुखलाई हटाई निर्माणलाई तीव्रता दिने प्रयासमा सबै सरोकारवाला लगिपरेको बताए।
















प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छापिए
वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु
समृद्ध नेपालका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्छ : अध्यक्ष घिसिङ
रुपन्देही–३ का प्रलोपाका उम्मेदवार काराखेती पार्टीबाट निष्कासित
Power production should be increased for prosperous Nepal: Chair Ghising
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
प्रतिक्रिया