आशुतोष र ईशानको उत्कृष्ट प्रदर्शनमा कोशीमाथि बागमतीको शानदार जित

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ ।
जीतका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशल ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै दुई सय नौ रनमा समेटियो । कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ७६ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे । साथै कप्तान अङ्कित सुवेदीले ५३ रन बनाए । उनले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अशीष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए ।
बलिङतर्फ बागमतीका इशान पाण्डे पाँच विकेट लिए भने सूर्य तामाङले दुई विकेट लिए । त्यस्तै प्रतीक श्रेष्ठ र रिजन ढकालले समान एक÷एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे ।
त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरेका थिए ।
कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिएका थिए ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया