मैत्रीपूर्ण फुटबलमा सञ्चारकर्मीको टोली विजयी

काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटवल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ ।
बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका विरुद्ध दुई गोलले पराजित गरी विजयी भएको हो । सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गरे ।
यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते विभिन्न कार्यक्रम गरी २३ औँ स्थापना दिवस मनाउँदैछ ।
सशस्त्र प्रहरीले सीमा सुरक्षा, दङ्गा नियन्त्रण, दैवी प्रकोप एवम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व सङ्कलनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । करिव ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलको महानिरीक्षकमा हाल अर्याल छन् ।
















गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया