पोखरा विश्वविद्यालयका २ जना उप–प्राध्यापक सम्पर्कविहीन,सम्पर्कमा आउन आग्रह

काठमाडौं । पोखरा विश्वविद्यालयका २ जना उप–प्राध्यापक (स्थायी शिक्षक) सम्पर्कविहीन रहेका पाइएको छ ।
बुधबार विश्वविद्यालयले एक सार्वजनिक सूचना जारी गर्दै बिदा स्वीकृति नै नगराइ लामो समयदेखि अनुपस्थित रहेको भन्दै उनीहरुलाई उपस्थित हुन आग्रह गरेको छ ।
विश्वविद्यालयका अनुसार उप–प्राध्यापकद्वय डा जय प्रकाश साह र डा निरज चौधरी लामो समयदेखि सम्पर्कविहीन छन्। उप–प्राध्यापक चौधरी २०७६ मंसिर ३० गतेदेखि र साह २०७८ भदौ २६ गतेदेखि अनुपस्थित छन्।
यसअघि पनि विश्वविद्यालयले गत कात्तिक २४ गते स्पष्टीकरणसहित दुवै जनालाई ३५ दिनभित्र सम्पर्क गर्न आउन सूचना प्रकाशित गरेको थियो। सूचना जारी गर्दा समेत हाजिर हुन नआएका उनीहरुलाई बर्खास्त गर्नु अगाडि अन्तिम पटक सम्पर्कमा आउन भन्दै सूचना जारी गरिएको हो।
सूचना जारी भएको १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन नआएमा सेवाबाट बर्खास्त गरिने सूचनामा उल्लेख गरिएको छ।











एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया