सङ्घीय शिक्षा विधेयक छिट्टै पारित हुन्छ
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा विधेयक संसद्बाट छिट्टै पारित हुने बताए ।
एसओएस हर्मन माइनर विद्यालय सनोठिमीमा आज आयोजित ‘स्पोर्ट मिट, २०२४’ कार्यक्रममा मन्त्री राईले सङ्घीय संसद्मा प्रस्तावित विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० संसद्मा छलफलको क्रममा रहेको जानकारी दिए । उनले संसद्मा विचाराधीन नयाँ सङ्घीय शिक्षा विधेयक पारित भएपछि यसबाट सामुदायिक विद्यालयको अवस्था उन्नत र माथिल्लोस्तरमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सरकारले शिक्षामा दीर्घकालीन परिणाम दिने गरी काम गरिरहेको मन्त्री राईको भनाइ थियो । शिक्षा क्षेत्रमा रहेका कमीकमजोरी सुधार्न आफू लागि परेको उनले उल्लेख गरे ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, विद्यालयका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङ्, प्राचार्य रञ्जना बजगार्इंलगायतले विद्यालयको शैक्षिक गुणस्तरमा धयान दिन आग्रह गरेका थिए ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया