प्रधानमन्त्री कप क्रिकेटलाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनको प्रायोजन

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनले प्रायोजन गरेको छ ।
सबैभन्दा ठुलो घरेलु प्रतियोगिताका रूपमा हेरिएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको प्रायोजन सम्बन्धी सम्झौतामा फाउण्डेशनका तर्फबाट अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरे । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी १० टोली र अफिसियललाई पोशाक लगायतका अन्य सुविधा फाउन्डेसनले उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।
शिक्षा र खेलकुदलाई जोड्नका लागि पनि जारी प्रतियोगिताको प्रायोजन गरिएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनले जनाएको छ । नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको र खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन गरिएको फाउण्डेशनका अध्यक्ष कालानले बताए ।
उनले भने, ‘खेलाडीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न निजी क्षेत्रबाट सहयोगको खाँचो छ, क्रिकेटको भविष्य राम्रो छ यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पनि पहिचान गराउने भएकाले सबैको साथ सहयोग हुन जरुरी छ ।’
क्यानका सचिव पारस खड्काले लर्डबुद्ध एजुकेशन फाउण्डेसनसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । घरेलु प्रतियोगितामा पनि प्रायोजन आउन थाल्नु क्रिकेटको भविष्यका लागि सुखद रहेको खड्काको भनाई छ । फाउण्डेसनसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने सचिव खड्काले बताए । नेपालमा क्रिकेटको भविष्य उज्ज्वल रहेकाले आगामी दिनमा मैदानको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए ।















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया