प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले दियो पुलिसलाई १७२ रनको लक्ष्य
मेरोन्यूज
२०८० माघ १२ गते १३:०४

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको कर्णालीले प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ७१ रनको योगफल बनायो ।
कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रन बनाए । उनले एक सय सात बल खेल्दै ६ चौका प्रहार गरे । कप्तान रवीन्द्र शाहीले ३५ बलमा आठ चौका र एक छक्काको मद्दतमा ४० रन बनाए भने अर्जुन घर्तीले २३ रन बनाए भने दिवान पुनले २० रन जोडे ।
पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।
सम्बन्धित















आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया