अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान

काठमाडौँ । साउदी अरबका विदेशमन्त्री फैसला बिना फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेका छन् ।
साउदी राज्यको स्वामित्वमा रहेको ‘अल अरेबिया न्यूज च्यानल’का अनुसार उनले कायरोमा इजिप्टका समकक्षी समेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन् । यस सन्दर्भमा दुवैले गाजा पट्टीमा युद्धविराम तथा आवश्यक सहयोगको आह्वान गरेका थिए ।
अरब राष्ट्रहरूसँगै साउदी अरेबियाले पनि प्यालेस्टिनी जनताको रक्षा गर्न दबाब जारी राख्ने साउदी अधिकारीले बताएका छन् ।
गाजाको मानवीय स्थितिमा अन्तर्राष्ट्रिय न्याय अदालत आईसीजेको फैसलालाई इजरायलले अस्वीकार गरेको सन्दर्भमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन इजरायलमा पनि समान लागु हुनस पर्ने कुरामा जोड दिएका छन् ।
शुक्रबार आईसीजेले इजरायललाई गाजा पट्टीमा प्यालेस्टिनीविरुद्धको नरसंहार रोक्नको लागि सबै सम्भावित उपायहरू लागु गर्ने आदेश दिएको छ । अदालतका अनुसार यी आदेशहरू कानुनी रूपमा बाध्यकारी छन् ।
यद्यपी दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक आग्रहलाई आईसीजेले इजरायललाई गाजामा सैन्य कारबाही स्थगित गर्न आदेश दिएको छैन । दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक हो । हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न पनि आह्वान गरेका छन् ।

















आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
आजको मौसम कस्ताे छ ?
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
प्रतिक्रिया