पार्टीभित्र वैचारिक बहस आवश्यक : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् ।
अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पु¥याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताए । पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने उल्लेख गर्दै उनले भने, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने र विधानलाई बलियो बनाउने काम गरेका छौँ ।”
पार्टीको विधानले ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिताको व्यवस्था सुनिश्चित गरेको जानकारी दिँदै अध्यक्ष नेपालले पार्टी सङ्गठनप्रति युवा आकर्षण बढ्ने विश्वास व्यक्त गरे । मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उनले भने, “जति पनि कम्युनिष्ट पार्टी छन् तिनले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन् ।”
सङ्गठनकी अध्यक्ष एवं पार्टी उपाध्यक्ष जयन्ती राईले सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन महिला अधिकारलाई संरक्षण गर्न आर्थिक सशक्तिकरणमा जोड दिए ।
















सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो : सञ्चारमन्त्री
आठ वर्षपछि प्रियंकाले देखिन् उज्यालो संसार
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया