यू–१९ विश्वकपमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं । आइसीसी यू-१९ क्रिकेट विश्वकप अन्तर्गत आज सुपर सिक्समा नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।
नेपालले समुह चरणमा टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्दै समुह डी मा तेस्रो हुदै सुपर सिक्समा पुगेको हो । त्यस्तै बंगलादेशले समुह चरणमा ३ खेलमा २ जित र एक हारसहित समुह ए बाट दोस्रो हुदै सुपर सिक्समा पुगेको हो ।
नेपाल अहिले सुपर सिक्सको समुह १ मा समुह चरणको रनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ । त्यसैले सेमिफाइनलमा पुग्ने नेपालले सुपर सिक्सका दुवै खेल जित्नै पर्ने अवस्था रहेको छ ।
नेपालले समुह चरणमा न्यूजील्याण्ड र पाकिस्तानसँग हार बेहोरेको नेपालले शुक्रबार अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो ।
आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ । सुपर सिक्समा रहेका ६ देशले २-२ खेल खेलेपछि शिर्ष स्थानका दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया