शुक्रबार डलर, युरो र बेलायती पाउण्डकाे भाउ घट्याे

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
शुक्रबार अमेरिकी डलरको भाउ संगै युरोको भाउ घटेको छ । आज अमेरिकी डलरको भाउ १३ पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसामा कारोबार भएको छ । बिहिबार यसको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ १० पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६२ पैसाले घटेको हो। बिहिबार युरोको खरिददर १४३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ शुक्रबार भने ८३ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०८ पैसा कायम गरिएको छ । बिहिबार यसको खरिददर १६८ रूपैयाँ १४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९१ पैसा तोकिएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २७ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८४ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०६ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ र बिक्रीदर २८ रूपैयाँ १३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया