भारतविरुद्ध गुल्सनले दिलाए नेपाललाई पहिलो सफलता
मेरोन्यूज
२०८० माघ १९ गते १४:२६

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालका गुल्सनकुमार झाले पहिलो विकेट लिएका छन् ।
शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतका ओपनर आदर्श सिंहलाई गुल्सनले ४.५ ओभरमा विकेटकिपर उत्तम मगरबाट क्याच गराए । आदर्श भारतीय टिमको स्कोरबोर्डमा २१ रन थपे ।
जारी खेलको पाँच ओभर समाप्त हुँदा भारतले एक विकेट गुमाएर २६ रन बनाएको छ ।
जारी युवा विश्वकपमा भारत अपराजित छ । नेपालले एक खेलमा मात्रै जित निकालेको छ । यसअघि सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित भएको थियो ।
समूह चरणको खेलमा भने नेपाल न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाएको थियो ।
सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया