बुधबार, वैशाख १६, २०८३

आर्थिक समृद्धि हासिल गर्न दलहरुबीचमा थप एकता आवश्यक : उपाध्यक्ष पोखरेल

मेरोन्यूज २०८० माघ १९ गते २०:४२

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका साथै आर्थिक समृद्धि हाँसिल गर्न दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

Advertisement
NiccNicc

आज पश्चिम नवलपरासीको रामग्राम स्तूप अवलोकन गर्दै उहाँले पछिल्लो समय आर्थिक, समाजिक तथा विकासका एजेण्डा हराउँदै गएको छ भन्नुभयो । उपाध्यक्ष पोखरेलले भने, “उद्योग, कृषि, पर्यटन विकासमा सरकारले विशेष जोड दिनु आवश्यक छ ।”

विदेश जानेको सङ्ख्या बढ्दै गएको हुँदा यसलाई रोक्न स्वदेशमा नै रोजगारी सिर्जना गर्न उपाध्यक्ष पोखरले जोड दिए ।

प्रतिक्रिया