सुनकोसीको पानी ८०० घरलाई उपलब्ध गराउन खानेपानी आयोजना

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ ।
खानेपानी मन्त्रालयको भ्याटसहित ३१ करोड १८ लाख ९२ हजार ६५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एकरएक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सुरु गरिएको हो ।
सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको आयोजनाको काम ४० प्रतिशत पूरा भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर विपुलकुमार लालदासले जानकारी दिए । “दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ, तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ”, उनले भने, “आयोजनाको काम सम्पन्न भएपछि बतासेका उपभोक्ता लाभान्वित हुनेछन्, तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गराउन स्थानीय सरकार तथा उपभोक्ताले सहयोग गर्नुपर्छ ।”
विसं २०७९ भदौमा सम्झौता गरिएको आयोजना विसं २०८१ भदौ १८ गतेभित्र सम्पन्न गर्नुपर्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ । दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना दिक्तेल–गाईघाट सडकखण्डको भण्डारेघाटस्थित सुनकोसी नदीबाट पम्पमार्फत् तानिने पानी लिफ्टिङ गर्दै बतासेमा पुर्याएर वितरण गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष सुपेन्द्र राईले जानकारी दिए ।
फिल्टर तथा आरबिटी ट्यांकी, पाइपलाइन, विद्युतका खम्बा जडानलगायतको काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीका आयोजना प्रमुख सविन राईले जानकारी दिए ।
“भण्डारेघाटमा तीन लाख लिटरको एउटा ट्यांकी र फिल्टरिङ गर्ने ठाउँ निर्माणको काम सम्पन्न भएको छ, सुनकोसीको पानी तान्न पाँच ठाउँ लिफ्ट गरिन्छ, साढे तीन किलोमिटरमाथि मुसुरीडाँडामा ७५ र रातमाटामा ३० हजार लिटरको ट्यांकी निर्माण गरेर त्यसमा जम्मा गरिएको पानी स्थानीय बासिन्दालाई वितरण गर्ने योजना छ”, उनेले भने, “मुसरीडाँडामा वितरण लाइनको तीन वटासँगै मुख्य लाइनको ट्याङ्की निर्माण गरिसकिएको छ, रातमाटामा निर्माण गर्ने तयारी गरिरहेका छौँ, वितरण लाइनमा छ ट्यांकी निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ, चार वटा बनिसके, दुईवटा बाँकी छ, त्यो पनि आगामी वैशाखभित्र सम्पन्न हुन्छ ।”
















घोषणापत्रमा निजी क्षेत्रमैत्री नीति समेट्न महासंघको आग्रह
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
कांग्रेसले चुनावका लागि केन्द्रीय संयन्त्र परिचालन गर्ने
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया