यू-१९ क्रिकेट
यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा
मेरोन्यूज
२०८० माघ २१ गते ७:१२

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ।
सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समुहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो।
सुपर सिक्सको समुह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समुह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन्। यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो।
१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ। नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडी रहेको छ।
अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुने छ। त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुने छ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया