बिहीबार, फागुन २८, २०८२

महालक्ष्मी विकास बैंककाे सिइओमा दिपेश लम्साल नियुक्त

मेरोन्यूज २०८० माघ २४ गते १५:०२

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मिति २०८० माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले श्री दिपेश लम्साल ज्यूलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहको लम्साल ज्यू तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको छ । उक्त कार्यव्रmममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालज्युले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका छन् । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् ।

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्साल ज्युसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।

प्रतिक्रिया