बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयरकप तेक्वान्दोको तयारी पूरा

काठमाडौँ। जैशीदेवल युथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
सो प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।
प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिमले सहभागिता जनाउनेछन् । प्रत्येक टिममा २०–२० खेलाडी रहने गरी प्रतियोगितामा कूल चार सय खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा आयोजक जैसीेदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमका खेलाडीहरुलाई यस प्रतियोगितालाई मध्येनजर गरी प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगिताको कूल पुरस्कार राशि करीब दुई लाख रुपियाँ रहेको छ । यस प्रतियागितालाई काठमाडौँ महानगरपालिकाले प्रमुख प्रयोजन गरेको छ । प्रतियोगितामा आठ÷आठ तौल समूहमा ब्वाइज र गल्र्सतर्फ प्रतिस्पर्धा हुनेछन् ।
प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र काश्य पदक विजेतालाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी, बेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी, सर्वश्रेष्ठ पुम्से महिला खेलाडी, सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर प्रदान गरिनेछ ।
जैशीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले यस प्रतियोगितामा आयोजक टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरुको सम्पूर्ण खर्च आयोजकले नै वेहोर्नेछ– उनले भने । अध्यक्ष प्रजापतिले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरुप यसपटकदेखि खेलाडीहरुको एक हप्ताका लागि एक लाख रुपियाँ बराबरको बिमा गरिएको बताए ।
यसैगरी उनले सम्पूर्ण टिम, खेलाडीका लागि सहभागिता निशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी पनि दिए । यसैगरी आयोजकले प्रशिक्षक तथा निर्णायकहरुलाई पनि ज्याकेटको व्यवस्था गरेको छ ।
२०५० सालमा स्थापित जैशीदेवल क्लबले खेलकुदबाहेक सामाजिक, धार्मिक र जनचेतनामूलक कार्यक्रम पनि लामो समयदेखि गर्दै आएको हो ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया