बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयरकप तेक्वान्दोको तयारी पूरा

काठमाडौँ। जैशीदेवल युथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ ।
सो प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।
प्रतियोगतामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिमले सहभागिता जनाउनेछन् । प्रत्येक टिममा २०–२० खेलाडी रहने गरी प्रतियोगितामा कूल चार सय खेलाडी सहभागी हुनेछन् ।
प्रतियोगितामा आयोजक जैसीेदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमका खेलाडीहरुलाई यस प्रतियोगितालाई मध्येनजर गरी प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगिताको कूल पुरस्कार राशि करीब दुई लाख रुपियाँ रहेको छ । यस प्रतियागितालाई काठमाडौँ महानगरपालिकाले प्रमुख प्रयोजन गरेको छ । प्रतियोगितामा आठ÷आठ तौल समूहमा ब्वाइज र गल्र्सतर्फ प्रतिस्पर्धा हुनेछन् ।
प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र काश्य पदक विजेतालाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी, बेस्ट फाइटर पुरुष र बेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी, सर्वश्रेष्ठ पुम्से महिला खेलाडी, सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर प्रदान गरिनेछ ।
जैशीदेवल युथ क्लबका अध्यक्ष राजेश प्रजापतिले यस प्रतियोगितामा आयोजक टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिए । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरुको सम्पूर्ण खर्च आयोजकले नै वेहोर्नेछ– उनले भने । अध्यक्ष प्रजापतिले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरुप यसपटकदेखि खेलाडीहरुको एक हप्ताका लागि एक लाख रुपियाँ बराबरको बिमा गरिएको बताए ।
यसैगरी उनले सम्पूर्ण टिम, खेलाडीका लागि सहभागिता निशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी पनि दिए । यसैगरी आयोजकले प्रशिक्षक तथा निर्णायकहरुलाई पनि ज्याकेटको व्यवस्था गरेको छ ।
२०५० सालमा स्थापित जैशीदेवल क्लबले खेलकुदबाहेक सामाजिक, धार्मिक र जनचेतनामूलक कार्यक्रम पनि लामो समयदेखि गर्दै आएको हो ।
















मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया