क्यानडाविरुद्ध नेपालकाे छैटौँ विकेटका रूपमा आरिफ आउट
मेरोन्यूज
२०८० माघ २५ गते १२:१५

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले आरिफ सेखलाई छैटौँ विकेटको रूपमा गुमाएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले आरिफलाई ३८.५ ओभरमा गुमाएको हो । आरिफले नेपाली टिमको स्कोरबोर्डमा ३८ रन जोडे ।
नेपालले जारी खेलको ३९ ओभर समाप्त हुँदा ६ विकेट गुमाएर १७४ रन बनाएको छ ।
त्यसअघि नेपालले आसिफ सेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाउँदा ओपनर कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका थियो । यस्तै, भीम सार्कीले आउट हुनुअघि १७ र कुशल मल्लले २० रन जोडे ।
यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया