यी हुन् त्रिविको उपकुलपतिका लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम ‘सर्टलिस्ट’मा सर्वजनिक भएकाे छ ।
समितिले आवेदन मागे गरेपछि ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २ महिला र ४१ पुरुष थिए । त्यसमध्ये समितले १४ जनालाई सर्ट लिस्टमा राखेको हो ।
समितिले कुशुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ । त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ र नारायणप्रसाद बेलवासे पनि सर्ट लिस्टमा परेका छन् ।
त्यस्तै उपकुलपतिमा आवेदन दिएका प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि सर्टलिस्टमा परेका छन् ।
सर्टलिस्टमा परेकाहरूसँग अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरण लिनेछ । त्यसपछि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नभइ प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने बताएका थिए । त्यसैअनुसार त्रिविको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि आवेदन माग गरेको थियो ।


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
नेपाली महिला क्रिकेट टोली रुवान्डातर्फ प्रस्थान
प्रतिक्रिया