यी हुन् त्रिविको उपकुलपतिका लागि ‘सर्टलिस्ट’मा परेका १४ उम्मेदवार

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि गठित समितिले उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम ‘सर्टलिस्ट’मा सर्वजनिक भएकाे छ ।
समितिले आवेदन मागे गरेपछि ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २ महिला र ४१ पुरुष थिए । त्यसमध्ये समितले १४ जनालाई सर्ट लिस्टमा राखेको हो ।
समितिले कुशुम शाक्य, केशरजंग बराल तथा गोविन्द सुवेदीलाई सर्ट लिस्टमा राखेको छ । त्यस्तै चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौडेल, टंकनाथ धमला, तीर्थराज खनियाँ र नारायणप्रसाद बेलवासे पनि सर्ट लिस्टमा परेका छन् ।
त्यस्तै उपकुलपतिमा आवेदन दिएका प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र पव्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा पनि सर्टलिस्टमा परेका छन् ।
सर्टलिस्टमा परेकाहरूसँग अब समितिले अन्तर्वार्ता र कार्ययोजनाको प्रस्तुतीकरण लिनेछ । त्यसपछि तीन जनाको नाम प्रधानमन्त्री तथा कुलपति प्रचण्डलाई सिफारिस हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डाका आधारमा नभइ प्रतिस्पर्धाका माध्यमबाट योग्य व्यक्तिलाई नियुक्ति गर्ने बताएका थिए । त्यसैअनुसार त्रिविको रिक्त उपकुलपति पदमा नियुक्तिका लागि त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले उपकुलपतिका लागि आवेदन माग गरेको थियो ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया