एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ८ विकेटले पराजित
मेरोन्यूज
२०८० माघ २८ गते १०:००

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपमा आइतबार भुटानलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।
मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
भुटानले दिएकाे ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । यस्तै रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।
ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रन बनाएर आउट भइन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।
नेपालले यसअघि हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो । अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया