एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, भुटान ८ विकेटले पराजित
मेरोन्यूज
२०८० माघ २८ गते १०:००

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपमा आइतबार भुटानलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।
मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
भुटानले दिएकाे ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । यस्तै रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।
ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रन बनाएर आउट भइन् ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।
नेपालले यसअघि हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो । अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।
सम्बन्धित
















मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु
कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया