कोशी प्रदेश अन्तरपालिका भलिबलको उपाधि दमक र षडानन्दलाई

भोजपुर । कोशी प्रदेश अन्तरपालिकास्तरीय भलिबलको उपाधि दमक नगरपालिका र षडानन्द नगरपालिकाले संयुक्त रुपमा हात पारेका छन् ।
‘सुन्दर प्रकृति र स्वर्गरुपी मेरो देश, खेलकुदमार्फत पर्यटनको सन्देश’ भन्ने नाराका साथ भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङलामा सञ्चालित प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलको अन्तिम सेटमा दमक र षडानन्दले १७–१७ अङ्क बनाएका थिए ।
बराबरी भएको अवस्थामा निर्णायकले दमकका खेलाडीको ‘नेट टच’ भएको निर्णय गर्दै षडानन्दलाई अङ्क दिएपछि १८–१७ को अवस्थामा दमकले रेफ्रीको निर्णय नमान्दै खेलमैदान छोडेका थिए ।
विवादका कारण समय अभाव भएपछि सहमतिमा दुवै टिमलाई संयुक्तरूपमा विजयी घोषित गरिएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दुवै पालिका विजयी भएपछि विजेताले रु एक लाख ५० हजार र उपविजेताले रु एक लाख पाउने भए पनि दुवै टिमलाई विजेता बनाइएपछि रु एक लाख २५ हजारका दरले नगदसहित मेडल तथा प्रमाणपत्र वितरण गरिएको छ ।
यस्तै प्रतियोगिताअन्तर्गत उत्कृष्ट छ विधामा खेलाडीले रु पाँच हजारका साथमा मेडल तथा प्रमाणपत्रसमेत पाएका छन् ।
विजेतालाई पूर्वमुख्यमन्त्री तथा प्रदेश सभासदस्य राजेन्द्रकुमार राईलगायतले पुस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रदेशभित्रका दमक, षडानन्द, बेलवारी, भोजपुर नगरपालिका र रामप्रसाद राई, टेम्केमैयुङ, आमचोक, साल्पासिलिछो गाउँपालिकाका आठ टिमले सहभागिता जनाएका थिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया