विद्यालयको अक्षयकोषमा २३ लाख सङ्कलन

सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा रू २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ ।
विद्यालयले चार महिनाको अवधिमा रू २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत असोज २७ गतेदेखि रू ३६ लाख रकम सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिए ।
उनका अनुसार रू १० हजारभन्दा माथि सहयोग गर्ने एक सय ४७ र रु १० हजारभन्दा कम सहयोग गर्ने ५७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षयकोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत रकम शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत साँवामा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।
अक्षयकोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले रु एक लाख ५० हजार सहयोग गरेका थिए । अक्षयकोषमा नेपालको पश्चिम क्षेत्रबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताए ।
सो विद्यालय गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई रू १४ लाख ५० हजारसहित पुरस्कृत भएको थियो ।










गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया