विद्यालयमा खेल पाठ्यक्रम लागू हुँदै

भक्तपुर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सरकारले आगामी आर्थिक वर्षबाट राज्यको १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका छन् ।
आज नेपाल सितेरियो सोबुकान कराते डो सङ्घअन्तर्गत मध्यपुर कराते एकेडेमीको चौथो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले सरकारले बजेटसहित १६औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताएका हुन् ।
उनले भने, “जबसम्म विद्यालय तहमा खेलकुदलाई अनिवार्य गरिँदैन तबसम्म ठूला अन्तर्राष्ट्रिय पदक जित्न गाह्रो छ, त्यसैले सरकारले आगामी वर्षदेखि विद्यालय तहको पाठ्यक्रममा खेलकुदलाई अनिवार्य विषयका रुपमा समावेश गर्दै सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्ने गरी व्यवस्था गर्न गराउन परिषद् लागि रहेको छ, यसो हुन सके खेलकुदका ठूला प्रतियोगितामा देशले ठूला नतिजा हासिल गर्न सक्छ ।”
देशमा अब खेलेर पनि जीवन धान्न सकिने अवस्था आएको भन्दै उहाँले खेल र खेलाडीलाई व्यावसायिक बनाउन परिषद् लागि रहेको बताउनुभयो । सदस्य सचिव घिसिङले भने, “राज्यलाई पदक दिलाइ रहँदा खेलाडीले चाही के पाउने भन्ने सवाल उठिरहन्छ, अब खेलाडीले पनि पाउने व्यवस्था गरिएको छ, यसपाली मात्रै ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले रु एक करोड ३३ लाख नगद पुरस्कारको व्यवस्था गरेको छ, यस्ता पुरस्कारको व्यवस्था थप गर्दै लेगेको छ ।”
खेलाडीलाई बीमाको नीति नै नभएको हाम्रो देशमा राखेपकै पहलमा खेलकुद बीमाको व्यवस्था गरेको जनाउँदै उनले खेलकुद विज्ञान भएकाले व्यावसायिक प्रशिक्षक उत्पादन गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्न खेलकुद ल्याव स्थापना गर्न लागि परेको चर्चा गरे ।
उनले खेलकुदको विकास गर्न तीन तहकै सरकार सक्रिय हुनुपर्नेमा जोड दिँदै स्थानीय तहको सरकार जिम्मेवार भएर लाग्नुपर्ने र विद्यालय तहमा अनिवार्य खेलकुदको प्रशिक्षण लागू गर्नुपर्ने बताए।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख एवं मध्यपुर कराते एकेडेमीका संरक्षक मदनसुन्दर श्रेष्ठले ट्रलिबस कार्यालयको सब स्टेशनका रुपमा रहेको भवन प्रयोगविहीन रुपमा खेर गइरहेको अवस्थामा आफू नगर प्रमुख हुँदा सदुपयोग गर्दै करातेको एकेडेमी बनाउन सफल भएको बताए।
एकेडेमीका अध्यक्ष सजन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले मध्यपुरमा फुटबलमा जस्तै करातेमा पनि खेलाडी उत्पादनमा सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा सुरेश महर्जन र सुनिल श्रेष्ठलाई सम्मान गरिनाका साथै विभिन्न खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया