मानेभञ्ज्याङ बन्यो पवित्रहाङमा गोल्डकपको च्याम्पियन

फिक्कल (इलाम) । डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई ३–१ गोलअन्तरमा स्तब्ध पार्दै मानेभञ्ज्याङले बुधबार उपाधि हात पारेको हो । मानेभञ्ज्याङले अघिल्लो संस्करणमा समेत मिक्लाजुङ मोरङलाई रोक्दै उपाधि जितेको थियो ।
खेलको २२ औँ मिनेटमा मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमा मानेभञ्ज्याङकी सुस्मिता लेप्चाले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । तर, सातौँ मिनेटमा झापाकी कुमारी तामाङले गोल गर्दै खेल २–१ मा ल्याए ।
मानेभञ्ज्याङकी खेलाडीले फाउल बनाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै तामाङले सजिलै जाली चुमाएका थिए । तर त्यो गोल बराबरीका लागिसमेत पर्याप्त भएन । इन्जुरी समय पुनः दार्जिलिङकी सिम्रन गुरुले गोल गरी टिमलाई ३–१ को जितमा उपाधि दिलाए । उता झापाले पनि खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउँदै घर फर्कन बाध्य बन्यो ।
राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको दुवै टिमका खेलाडीको खेल प्रदर्शन निकै रोचक र प्रतिस्पर्धात्मक रहेको थियो । सुरुआती अग्रता लिएको मानेभञ्ज्याङलाई रक्षात्मक खेल नै उपाधिका लागि पर्याप्त भयो । उता सुरुआतमा दुई गोल खाएको झापाका लागि सोही गोल बाधक बनेको थियो ।
फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित भए । उनले नगद रु पाँच हजार प्राप्त गरे । उपाधिसँगै विजेता मानेभञ्ज्याङले नगद रु तीन लाख एक सय ६८ सहित ट्रफी हात पा¥यो । उपविजेता बनेको झापाले नगद रु दुई लाख एक सय ६८ मा चित्त बुझायो ।
किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६८ औँ जन्मोत्सवको अवसरमा आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा माघ २४ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र भुटानका आठवटा महिला टोलिको सहभागिता रको थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया