त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस
मेरोन्यूज
२०८० फागुन ६ गते २१:४९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ।
शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो।
सिफारिस समितिले २३ पुसमा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।
उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो। अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।

सम्बन्धित

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया