शनिबार, पुष १९, २०८२

सन्दीपलाई जेलबाहिरै बसेर मुद्दा लड्न उच्च अदालतकाे अनुमति 

मेरोन्यूज २०८० फागुन १० गते १७:३३

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।

उनले कानूनी व्यवस्था अनुसार उच्च अदालत पाटनबाट जेल बाहिर बस्न मुद्दा लड्न लिखित अनुमति पाएका हुन् ।

बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको दिएको स्रोतले बतायो ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन् ।

प्रतिक्रिया