सोमबार, वैशाख १४, २०८३

कांग्रेस महासमितिमा पेश भएका ४ प्रस्ताव सर्वसम्मत पारित

मेरोन्यूज २०८० फागुन १० गते १७:३९

ललितपुर। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्ताव सर्वसम्मतीले पारित भएका छन्।

Advertisement
NiccNicc

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएका हुन्।

महामन्त्री थापाले चार वटै प्रस्ताव पारित गरिदिन गरेको आग्रहमा महासमिति सदस्यहरूले तालि बजाएर कांग्रेस केन्द्रीय समितिले अनुमोदन गर्ने गरी चार वटै प्रस्ताव सर्वसम्मतीले पारित गरेका हुन्। यससँग महामन्त्री थापाले पेस गरेको प्रतिवेदन अनुसार आगामी निर्वाचनमा कांग्रेस एक रूपमा प्रतिस्पर्धा गर्ने भएको छ।

प्रतिक्रिया