कैलालीकाे गोदावरीबाट २ जना फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८० फागुन १३ गते १९:१६

धनगढी । कैलालीबाट दुई जना फरार दोषी पक्राउ परेका छन्।
लागूऔषध र बैँकिङ् मुद्दा मा फरार रहेका दुई जना आइतवार पक्राउ परेका हुन्। लागूऔषध मुद्दामा १ महिना २० दिन कैद सजाय भई फरार रहेका गोदावरी नगरपालिका–२ का ३२ वर्षीय संजय सुनार पक्राउ परेका छन्। यस्तै बैँकिङ् कसुर मुद्दामा दोषी गोदावरी नगरपालिका–१० का २४ वर्षीय पवन रावत पक्राउ परेका छन्।
रावतलाई अदालतले बैँकिङ् मुद्धामा २ लाख ८५ हजार जरीवाना तोकेको थियो। उनी सोही दिनबाटै फरार रहेका थिए। दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया