बुधबार, माघ १४, २०८२

नामिबियाका लोफ्टीले तोडे कुशल मल्लको कीर्तिमान, हाने ३३ बलमा शतक

मेरोन्यूज २०८० फागुन १५ गते १३:०८

काठमाडौं। नामिबियाका जान निकोल लफ्टी इटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन्।

लफ्टी इटनले ३३ बलमा शतक पुरा गरेका हुन्। निकोलले ११ चौका र ८ छक्काको मद्दमा ३३ बलमा शतक पूरा गरे ।

यसअघि नेपालका कुशल मल्लले सबैभन्दा कम बलमा शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए। कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।

प्रतिक्रिया