दैलेखका विद्यालयहरुमा बालबालिकासँग नगरप्रमुख कार्यक्रम

दैलेख । नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो ।
नारायण –११ टाटामाखु स्थित रैनादेवी माध्यमिक विद्यालयबाट सञ्चालन गरिएको सो कार्यक्रमको मुख्य ध्येय बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान गरी बालबालिकालाई समग्र क्षेत्रमा सहभागी गराई सुन्दर भविष्य निर्माणमा योगदान गर्ने रहेको छ ।
सामुदायिक विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रममार्फत बालबालिकाहरूले भोग्दै आएका समस्या, स्थानीय सरकारप्रति बालबालिकाको अपेक्षा, विद्यालयमा देखिएका समस्याको नीतिगत तहबाट समाधान र बालबालिकाको मनोबल बढाउनु कार्यक्रमको उद्देश्य रहेको नगरप्रमुख लोमन शर्माले बताए ।
स्थानीय सरकार नागरिकका घर नजिकको सरकार भएकाले आम नागरिकले भोग्दै आएका समस्याको पहिचान गरी नीतिगत तवरबाट समाधान गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हुने उनको भनाइ छ । “स्थानीय सरकारसँग जनताका धेरै अपेक्षा छन् । बालबालिकाका समस्या सुन्न यो कार्यक्रम अघि बढाएका हौँ”, नगरप्रमुख शर्माले भने ।
विभिन्न विद्यालयमा सञ्चालन हुँदै आएको कार्यक्रममा बालबालिकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिने गरिएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काको टोलीले विद्यालयमा बालबालिकाले भोग्दै आएका स्वास्थ्य समस्याको खोजी गर्ने गरेको छ । विशेषगरी छात्रालाई कार्यक्रममार्फत प्रशिक्षण दिइने गरिएको उनले बताए ।
नारायण–५ सोतमा स्थित महेन्द्र मावि, नारायण–३ मा स्थित नेपाल राष्ट्रिय मावि र नारायण–६ स्थित रहेको सन्त माविमा सञ्चालन गरिएको कार्यक्रममा उपस्थित अधिकांश विद्यार्थीले विद्यालय गुणस्तरीय शिक्षा पाउनबाट आफूहरू बञ्चित हुनुपरेको बताए ।
बालबालिकाले विद्यालयमा नयाँ कुरा सिक्ने अवसरबाट आफूहरू बञ्चित हुनुपरेको नगरप्रमुखसँग गुनासो गर्दै यस्ता समस्या समाधानमा स्थानीय सरकारले चासो देखाउनुपर्ने माग गरे । कक्षाकोठा अभाव, शौचालयको समस्या, शुद्ध पिउने पानी अभाव, नयाँ कुरा सिक्नलाई प्रयोगशाला अभावजस्ता समस्याको समाधान कहिलेसम्म हुन्छ जनाउँदै बालबालिकाले नगरप्रमुखलाई प्रश्न गरेका थिए ।
बालबालिकाको प्रश्नको जवाफ दिँदै नगरप्रमुख शर्माले बालबालिकाका समस्या नगरपालिकाले सम्बोधन गर्ने जानकारी दिए ।
कार्यक्रम पहिलो चरणमा नगरपालिकाभित्रका १२ सामुदायिक विद्यालयमा सञ्चालन हुने नगरपालिका प्रवक्ता जनकप्रसाद न्यौपानेले जानकारी दिए । उनले विद्यालय तहदेखि बालबालिकालाई जागरूक गर्दै लैजान नगरपालिकाले बालबालिकासँग नगरप्रमुख कार्यक्रम नीतिगत तहमा अघि बढाएको बताए ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
काठमाडौंबाट सुकुम्बासी खेद्ने, झापा पुगेर सुकुम्बासीको पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया