अदानचुली गाउँपालिकाकी पूर्व उपाध्यक्ष रावलसहित ११ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुना दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूले गाउँपालिकाको वडा नम्बर तीन स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजनामा अनियमितता गरेको उजुरी परेपछि आयोगले अनुसन्धान गर्दा ४२ लाख २९ हजार ३५८ रुपैयाँ भ्रष्ट्राचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगका सहसचिव नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार उपप्रमुख रावल, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाई निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविक भएको भन्दा बढी काम सम्पन्न भएको भनेर गलत प्रतिवेदन पेश गरेर भ्रष्ट्राचार गरेको भन्दै जरिवाना तथा कैद सजायको माग गरिएको छ ।
















नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
प्रतिक्रिया