शनिबार, चैत २८, २०८२

नेपाललाई हराउँदै जोर्डनले जित्यो वाफ वुमन्स च्याम्पियनसिपको उपाधि

मेरोन्यूज २०८० फागुन १८ गते ०:०८

काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

फाइनल खेलमा नेपाललाई हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

बिहीबार साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट भयो।

पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्।

जोर्डनले भने पाँचै पेनाल्टीमा गोल गर्न सफल भयो।

यसअघि खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । ७४ औं मिनेटमा लाना फेरासले गोल गर्दै जोर्डनलाई बराबरीमा ल्याइन् ।

८९ औं मिनेटमा सारा अबु सबाहले गोल गरेपछि जोर्डन जिततर्फ अगाडि बढेको थियो । तर दोस्रो हाफको इन्जुरी समयमा गीताले पेनाल्टीमा गोल गर्दै नेपाललाई २-२ गोलको बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा जान पुगेको हो ।

प्रतिक्रिया