सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता
मेरोन्यूज
२०८० फागुन १९ गते ८:४६

काठमाडौँ । न्यायको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ। सरकारले शुक्रबार पनि उनीहरुसँग वार्ता गरेको थियो।
शुक्रबारको वार्ता सकारात्मक भएकोले आज सहमति जुट्ने सम्भावना रहेको मिटरब्याज पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले बताए। आज वार्ता हुने भनिए पनि समय भने निश्चित भइसकेको छैन।
सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।
अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया