दोस्रो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा हुने

काठमाडौं । दोस्रो कर्णाली चलचित्र कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ ।
कार्यशालाको तयारी तीव्र गतिमा भइरहेको आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग उनले कार्यशालाबारे जानकारी गराए । उनका अनुसार कर्णालीमा दोस्रोपटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो ।
‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौँ,’ अध्यक्ष खड्काले भने ।
यसअघि २०७९ असारको दोस्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्रसम्बन्धी आधारभूत कुरा सिकाइएको थियो । यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताए ।
कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै, चलचित्र लेखक तथा निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष कक्षा लिने भएका छन् ।
चलचित्र लेखक तथा निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्क्रिप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनयसम्बन्धी प्रशिक्षण दिनेछिन ।









युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छः संयोजक दाहाल
माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
प्रतिक्रिया