साफ यू-१६ महिला फुटबल : नेपाललाई हराउँदै भारत फाइनलमा

काठमाडौँ । नेपाल जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतसँग १०-० को लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न असफल भएको हो ।
जारी प्रतियोगितामा भारतको यो दोस्रो जित हो । भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो ।
यो जितपछि भारतको ३ खेलमा ६ अंक भएको छ र फाइनल खेल्ने निश्चित भएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । यो हारपछि नेपालको ३ खेलमा ३ अंक रहको छ । अब समुह चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटान खेल्न बाँकी रहेपनि फाइनलमा भारत र बंगलादेश खेल्ने निश्चित भएको छ ।
फाइनल खेल आइतबार हुने छ ।















हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया