पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम

मोरङ । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिका स्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरे । नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्ट्याउनु हुँदै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले आफ्ना उत्कृष्ट प्रस्तुतिकरण राखेका थिए । यही फागुन २९ गतेदेखि चैत ७ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ ।
कार्यक्रममा वडा अध्यक्षहरू भीम कुमार राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, जीवन खतिवडा, कार्यपालिका सदस्यहरु, नगरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
















अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया