नेपाल पत्रकार महासंघ जापान शाखाले मनायाे १३ औं स्थापना दिवस

काठमाडौं । नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिम, बार्बिक्यु सहित केक काटेर मनाइएको हो ।
जापानको चिवा स्थित हातेमालो हाउसमा जापानमा क्रियाशिल ३३ जना पत्रकारको सहभागितामा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न भएको हो ।
पत्रकारहरुको क्षमता अभिवृध्दि गर्ने उदेश्यले आयोजित तालिमको सहजिकरण प्रध्यापक डाक्टर तोसिआकि ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गरेका थिए।
तालिमको समापनका अवसरमा बोल्दै जापानका लागि नेपालि राजदुत डाक्टर दुर्गा बहादुर सुवेदिले जापानमा क्रियाशिल पत्रकारले समाजको हितका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले समाजलाई नकरात्मक असर नपर्ने गरि समाचार संप्रेक्षण गर्दा ध्यान दिन आग्रह गरे ।
स्थापना दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्दिका लागि तालिमका साथै आत्मियता र भाईचाराका लागि बार्बिक्यु आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष शन्त पहरिले बताए ।



















नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया