ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबिच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताएका हुन् ।
ग्याल्पो ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले खुसीयाली साट्ने यो पर्वको अर्को महत्त्वपूर्ण विशेषता भनेको सामूहिक रूपमा एक अर्काको हात समाएर सुख दुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गरेका छन् ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया