शुक्रबार, वैशाख ४, २०८३

पुर्व मन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

मेरोन्यूज २०८० फागुन २८ गते १५:२१

काठमाडौं। पुर्ब मन्त्री दुर्गा श्रेष्ठ (तनहुँ) राप्रपा नेपालमा प्रवेश गरेकी छिन।श्रेष्ठ तत्कालीन तनहुँ बिकास समितिको सभापति पनि थिईन ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

श्रेष्ठ सहित स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजाल, राप्रपा काठमाडौंका उपाध्यक्ष जयराम अधिकारी,काठमाडौं महानगर समितिका सह-सचिब सन्तोष रायमाझी,दिनेश अधिकारी, फुटबल खेलाडी देवान घले, प्रहरी सेवामा रहि अबकास प्राप्त बिजय प्रताप शाह,नेपाली सेनाबाट अबकास प्राप्त कृष्णजङ्ग बहादुर सिंह,ब्यबसायी तथा समाजसेवी शुभाष बिष्ट लगायत दर्जनौ ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका हुन् ।

राप्रपाले आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले सबैलाई पार्टी सदस्यता सहित स्वागत गरेका थिए । 
नब – प्रबेशी दुर्गा श्रेष्ठले कमल थापाको नेतृत्वमा  राष्ट्रबादी आन्दोलनलाई उत्कर्षमा पुर्याउने र राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने काममा योगदान दिन आफू राप्रपा नेपालमा आबद्ध भएको बिचार ब्यक्त गरिन।

पार्टी अध्यक्ष थापाले सक्रियताको आधारमा  कामको जिम्मेवारी र भुमिका दिने भन्दै संगठन निर्माणमा केन्द्रित हुन सबैलाई आग्रह गरे।

प्रतिक्रिया