सहस्राब्दी पदमार्गमा सिँढी बाटो निर्माण

गण्डकी । तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्र्याक) अन्तर्गत पुतलीबजार नगरपालिका–१२ गैरीस्वारादेखि केघा देउराली जाने तथा तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढी बाटो निर्माण गरिएको छ ।
गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्षमा विनियोजित रु २० लाख रकममध्ये गैरीस्वारादेखि केघा देउरालीको दुई सय ६५ मिटर बाटोका लागि रु १० लाख र बाबियाडाँडा ठाँटीको दुई सय ८५ मिटर बाटोका लागि रु १० लाख छुट्याएर काम गरिएको मिलेनियम ट्रयाक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । गैरीस्वारादेखि केघा देउरालीको सिँढी बाटो सोमबार गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री सीता सुन्दासले उद्घाटन गरेका थिए ।
सन् २००० देखि सञ्चालनमा आएको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको यस पदमार्गलाई व्यवस्थित गर्ने लक्ष्यका साथ पदमार्ग क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए ।
दुलेगौडादेखि रामबाछासम्म कूल ७२ किलोमिटर दूरीको यस पदमार्गलाई पछिल्लो नक्साङ्कनअनुसार पोखरा महानगरपापिलकासँग पनि जोडिसकिएको छ । कोभिडलगायतका कारण बीचको समय सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताए ।

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया